play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

ओली पक्षका अधिकांश नेता फर्किन्छन्:प्रचण्ड

0

चितवन, माघ २९ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्किने दावी गर्नुभएको छ ।
आफ्नो पक्ष मुल नेकपा भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले ओलीपक्षका नेताहरु फर्किनको लागि आफूसँग निरन्तर संवादमा रहेको बताउनुभएको हुन ।
बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर आफूसंगको संवादमा रहेको भन्दै छिटै फर्कने तर्क गर्नुभएको छ ।

प्रचण्डले पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफूखुसी काम गर्दै हिँडेकाले अहिलको अवस्था आएको बताउनुभयो । पार्टी एकता गर्दा राजनितिक प्रतिवेदन र विधान गरी २ वटा आधार तय गरेको भन्दै उहाँले अब पनि सोही आधारमा पार्टीलाई मजबुद गर्दै लैजाने जानकारी दिनुभयो ।

उहाँले ओलीले पार्टी फुटेको भन्दै भ्रम छरेकाले अनावश्यक भ्रममा नलाग्न पनि आग्रह गर्नुभएको छ ।

त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले अहिलेको आन्दोलन पदका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताउनुभएको छ ।

उहाँले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले अब केपी ओलीसंगको सम्बन्ध एकादेशको जस्तो भएको तर्क समेत गर्नुभएको थियो ।

Share.

Leave A Reply