play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

दाङमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने ६७ छोराबुहारी सम्मानित

0

माघ,२९।
देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने परिवारलाई सम्मान गरेको छ । राप्ती गाउँपालिकाले परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहारकासाथ पालनपोषण गर्दै आएका ९ वडाका ६७ जना छोराबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरुलाई गाउँपालिकाको आर्थिक वर्ष २०७७र२०७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडागत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छनौट गरिएको हो । ज्येष्ठ नागरिक आमाबुबा, सासू(ससुरा वा अन्य ज्येष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरुको भूमिकामा कमी नहोस् भनेर छोराबुहारीहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयो । राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

 

Share.

Leave A Reply