play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

टोटेनहमलाई हराउँदै एभर्टन क्वाटरफाइनलमा

0

माघ,२९।
प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टोटेनहमलाई अतिरिक्त समयमा ५(४ गोल अन्तरले पराजित गर्दै एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लीसनले दुई गोल गरे ।यस्तै डोमिनिक काल्भर्ट लेविन, गिल्फी सिगुर्डसन र बर्नाडले एक एक गोल गरे । टोटेनहमका डाभिन्सन साञ्चेजले दुई तथा इरिक लमेला र ह्यारी केनले एक एक गोल गरे । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । तेस्रो मिनेटमै डाभिन्सनको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो । तर, खेलको ३६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई बराबरीमा फर्काए । खेलको ३८ औं मिनेटमा रिचार्लीसनले गोल गरेपछि एभर्टनले २(१ को अग्रता बनायो । ४३ औं मिनेटमा सिगुर्डसनले पेनाल्टीबाट गोल गर्दा एभर्टनले ३(१ को अग्रता बनायो ।खेलको ४५ औं मिनेटमा टोटेनहमका लमेलाले गोल गरेपछि खेल ३(२ को स्थितिमा पुग्यो । खेलको ५७ औं मिनेटमा डाभिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३(३ को बराबरीमा ल्याए । खेलको ६८ औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गरेपछि एभर्टनले ४(३ को अग्रता बनायो । तर, खेलको ८३ औं मिनेटमा केनले गोल गरेपछि खेलको निर्धारित समय ४–४ गोलको बराबरीमा सकियो । अतिरिक्त समयमा भने एभर्टनका बर्नाड चम्किए । उनले खेलको ९७ औं मिनेटमा गोल गर्दै एभर्टनलाई ५(४ को जित दिलाए । एफए कप अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाईटेडले ब्रिस्टोल सिटीलाई १(० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

Share.

Leave A Reply