play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सेभियासँग बार्सिलोनाको हार

0

माघ,२९।
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना सेभियासँग २(० ले पराजित भएको हो । घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई १(० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २(० को सहज जित दिलाए । राकिटिचले पूर्व क्लबविरुद्ध गोल गरेका हुन् । सेभियाविरुद्ध बार्सिलोनाले गोलको अवसर सिर्जना गरेको थियो । तर, उसका खेलाडीले सदुपयोग गर्न सकेनन् ।यस जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ ।

Share.

Leave A Reply