कीर्तिमानसहित सिटी क्वाटरफाइनलमा

0

माघ,२९।
एफए कप फुटबलको म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३(१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे ।स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।खेलको ३० औं मिनेटमा वाल्करले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता २(० को बन्यो ।५० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३(० को अग्रता दिलाए ।त्यसपछि खेलको ७७ औं मिनेटमा स्वान्सीका मोर्गनले एक गोल फर्काएपनि सिटी ३(१ ले विजयी भयो ।यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ ।सिटीले सन् १९८७र८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो ।लेष्टर सिटीले ब्राइटनलाई १(० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।लेष्टरको जितमा केलिचीले निर्णायक गोल गरे ।

Share.

Leave A Reply