play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

प्रशान्त महासागरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

0

माघ,२९।
प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि वैज्ञानिकहरूले सुनामीको चेतावनी दिएका छन् । लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो । भूकम्पपछि अष्ट्रेलियाको मौसम एजेन्सीले सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ । अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भानुआटु र फिजीमा सुनामी आउने चेतावनी दिएको छ । भूकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पले के कति क्षति भयो भन्ने विवरणहरू अहिलेसम्म आएका छैनन् ।

Share.

Leave A Reply