play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच टेलिफोन वार्ता

0

माघ,२९।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि बाइडेन र चिनियाँ समकक्षी सीबीच पहिलो पटक कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । चिनियाँको नयाँ वर्ष ‘लुनार’ को पूर्वसन्ध्यामा बाइडेनले सीलाई शुभकामना दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । बाइडेन(सीबीचको टेलिफोन कुराकानीमा अरू के(के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन । बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोन कुराकानी गरिसकेका छन् ।

Share.

Leave A Reply