play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

महिलालाई विदेश जान नियन्त्रण गर्ने सरकारी प्रयास

0

माघ,२९।
संविधानले दिएको अधिकार र सर्वोच्च अदालतको नजिर विपरीत अध्यागमन विभागले पुनः अर्को विवादस्पद बुँदासहित अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्था संशोधनको प्रस्ताव गरेको छ । विभागले पाँच दिनअघि ४० वर्षमुनिका महिला एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति भएको हुनुपर्ने, वडाको सिफारिस अनिवार्य चाहिने लगायतका नियम राख्दै कार्यविधि प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ । प्रस्तावित कार्यविधि अनुसार भिजिट भिसामा विदेश जाने महिलाको १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा अनिवार्य हुनुपर्नेछ । विभागका सूचना अधिकारी टेकनारायण पौडेलका अनुसार मानव तस्करी बढेको, शोषणमा परेको, विभिन्न समस्यामा परेकालाई उद्धार गर्न कठिन भएको, औषधिउपचार नपाएर विदेशी भूमिमा बिजोग भएको अवस्थालाई ध्यानमा राखेर कार्यविधि संशोधन प्रस्ताव गरिएको हो । गृहमन्त्रालयको कानून शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने बताए । उक्त प्रस्तावको विषय सार्वजनिक भएलगत्तै महिलामाथि अध्यागमन विभागको सोचलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको छ । अहिलेको कार्यविधिको दुरुपयोग भएको र महिलाहरू थप शोषणमा नपरून् भनेर कार्यविधि संशोधनको प्रस्ताव गरिएको उनको तर्क छ । यसअघि गत मंसिरमा पनि अध्यागमन विभागले भिजिट भिसा लिन चाहने व्यक्तिले कम्तीमा साधारण अंग्रेजी बोल्न जान्नुपर्ने प्रावधानसहित कार्यविधि प्रस्ताव गरेको थियो । यो प्रस्ताव पनि विवादास्पद भन्दै विरोध भएको थियो । मानव तस्करी भयो भने त्यसको सूचना प्राप्त गरी कहाँ कुन देशमा भएको हो, त्यहीँ पक्राउ गरेर मुद्दा चलाउनुपर्ने उनको भनाइ छ । मानव बेचबिखन नियन्त्रणका लागि प्रहरी लगायतका निकायहरू छन् । शंकाको भरमा जे पनि गर्ने पाउने छुट अध्यागमन विभागलाई नहुने उनको भनाइ छ ।

Share.

Leave A Reply