play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

चितवनमा खर्चिलो बन्दै दलका आन्दोलन र समर्थन, लाखौँ रुपैयाँ खर्च

0

माघ,२९।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन् । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौँमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताउनुभयो । यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौँ गएको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–११ बाट मात्रै चार वटा बसमा कार्यकर्ता लगेको स्थानीय नेता ईश्वरी पण्डितले जानकारी दिनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावल जिल्लाबाट काठमाडौँ कति सवारी गए भन्ने यकिन सङ्ख्या आइनसकेको जानकारी दिनुभयो । यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्ला तहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ । सभापति जीतनारायण श्रेष्ठका अनुसार मङ्सिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीयस्तरको, पुस २५ गते प्रदेशस्तरको, माघ ३ गते नगरस्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भइसकेका छन् । फागुन ३ गतेको विरोधसभाको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । ती सबै कार्यक्रममा झण्डा, माइकिङ, अन्य प्रचारप्रसार, स्टेजलगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु एक लाखदेखि दुई लाखसम्म खर्च हुने गरेको छ । यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ ।

Share.

Leave A Reply