play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

अहिलेको संकट समाधानको विकल्प,चार पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै

0

माघ,२९।
रणनीतिक मोर्चामा आबद्ध प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् । मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव समूह, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल आबद्ध छन् । मोर्चाले आज मध्याह्न काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेकपा क्रान्तिकारी प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै उनले संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएको बताए । वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको भन्दै चार साना कम्युनिस्ट पार्टीहरुले संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको, बरु संसदीय व्यवस्थाकै असफलताको द्योतक भएको बताएका छन् ।

Share.

Leave A Reply