play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

रियलको सहज जित

0

माघ,२८।
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले गेटाफेलाई २(० ले हराएको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रियलले अग्रता बनाएको थियो । रियलका लागि बेम्जिमाले भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे । त्यसपछि खेलको ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २(० को सहज जित दिलाए । जितसंगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।रियलले २२ खेलमा ४६ अंक जोडेको छ । तर, रियल शीर्ष स्थानको एट्लेटिको भन्दा अझै ५ अंकले पछि रहेको छ ।एट्लेटिकोको ५१ अंक रहेको छ ।गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply