play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

0

माघ,२८।
युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई समग्रमा २(१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल प्रवेश गरेको हो । इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २(१ को जित निकालेको थियो । युभेन्ट्स लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । गत सिजन युभेन्ट्स नापोलीसँग फाइनलमा पेनाल्टी सुटआउटमा ४(२ ले पराजित भएको थियो । अब उपाधिको लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ ।दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ । पहिलो लेगमा नापोली र एटलान्टाले गोलरहित बराबरी खेलेका थिए । कोपा इटालियाको फाइनल मे १९ मा हुनेछ ।

Share.

Leave A Reply