play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

ट्रम्प विरुद्धको महाभियोग अघि बढाउन सिनेटले दियो स्विकृती

0

माघ,२८।
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगको सुनुवाई अघि बढाउन स्विकृती दिएको छ । सिनेटमा भएको मतदानमा सुनुवाई अघि बढाउने पक्षमा ५६ मत प¥यो भने विपक्षमा ४४ मत मात्रै प¥यो । मतदानमा ६ जना रिपब्लीकन सांसदहरुले ट्रम्पको विपक्षमा मत दिएका छन् । पूर्व राष्ट्रपतिले पदि छाडिसकेको अवस्थामा सुनुवाईको आवश्यकता नभएको तर्क ट्रम्पका वकिलहरुले गरेका थिए । तर सिनेटले महाअभियोग प्रक्रियालाई संवैधानिक मान्दै सुनुवाई अघि बढाउन म्यान्डेट दिएको छ । अब पूर्ण इजलास सुरु हुने बताईएको छ । गत जनवरी ६ तारिखको दिन अमेरिकी संसद् भवनमाथि समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको हो । वासिङ्गटनस्थित क्यापिटल भवनमाथि भएको विद्रोहमा ट्रम्प जिम्मेवार रहेको अभियोजनकर्ताहरुको दावी छ । ट्रम्पमाथि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको आरोप छ ।

Share.

Leave A Reply