play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतमा कोभिड–१९ विरूद्धको खोप लगाएका ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

0

माघ,२८।
भारतमा कोभिड–१९ खोप लगाइसकेका ९७ प्रतिशतभन्दा बढी व्यक्तिहरूले खोपप्रति सन्तुष्ट रहेको जनाएका छन् ।भारतको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताएका छन् । कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो । भूषणले भने,‘एपमार्फत् प्रतिक्रिया सङ्कलन प्रक्रिया सन् २०२१ को जनवरी १७ मा शुरू भएको हो । उनले भने,‘खोपको लाभ लिएका सबै व्यक्तिलाई निजी एसएमएस पठाइएको थियो । एसएमएसमा व्यक्तिको नाम, डोज (पहिलो र दोस्रो), र प्रतिक्रियाको लागि अनुरोध गरिएको ।

Share.

Leave A Reply