चितवन, माघ २७ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नेपालमा १ सय ६० जना संक्रमित थपिएका छन् भने १६५ जना निको भएर घर फर्किएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार २ सय १५ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ४ सय ३१ जना निको भएका छन् ।
आज थप १६० जनामा देखीयो कोरोना,२ जनाको मृत्यु
0
Share.