play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

0

चितवन, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीलाई निरन्तरता दिन सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरूले निर्वाचनको तयारीको सन्दर्भमा जानकारी दिनुभएको छ र प्रधानमन्त्रीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभएको छ’, सल्लाहकार थापाले भन्नुभयो । आयोगसँगको छलफलपछि प्रतिक्रिया दिँदै सल्लाहकार थापाले निर्वाचनका लागि सुरक्षा बस्दोबस्ती, आवश्यक बजेट लगायतका निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि आयोग पुग्नुभएको बताउनुभयो । नेकपा विवादले विषयमा प्रधानमन्त्री र आयुक्तहरूबीच कुनै पनि छलफलन नभएको सल्लाहकार थापाले जानकारी गराउनुभयो । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफल सकेर प्रधानमन्त्री ओली सीधै राष्ट्रपति निवास पुग्नुभएको छ । उहाँको सञ्चारविज्ञ रामशरण बजगाईंका अनुसार “निर्वाचनसम्बन्धी जानकारी गराउन प्रधानमन्त्री आली शीतलनिवास जानुभएको हो । वैशाख १७ गते र २७ गते दुई चरणमा निर्वाचन गराउने घोषणा गरेको छ ।

Share.

Leave A Reply