माघ,२७।
इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २(० ले हराएको हो । घरेलु मैदानमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा ह्यारीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा बमफोर्डले गोल गर्दै लिड्सलाई २(० को जित दिलाए । जितसँगै लिड्स तालिकाको १० औं स्थानमा उक्लिएको छ । लिड्सले २२ खेलमा ३२ अंक जोडेको छ । क्रिस्टल २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
क्रिस्टलमाथि लिड्सको सहज जित
0
Share.