play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

एट्लेटिको बराबरीमा रोकियो

0

माघ,२७।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एट्लेटिको सेल्टा भिगोसँग २(२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा लुइस सुआरेजले दुई गोल गरेपनि एट्लेटिकोले अंक बाडेको हो । खेलमा सुरुवाती अग्रता भने सेल्टाले बनाएको थियो । खेलको १३ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई १(० को अग्रता दिलाए । तर, खेलको ४५ औं मिनेटमा सुआरेजले गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए । खेलको ५० औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २(१ को अग्रता दिलाए । तर, खेलको ८९ औं मिनेटमा सेल्टाका फकुन्डो फेरेराले गोल गर्दै खेल २(२ को बराबरीमा ल्याएका थिए । बराबरीसंगै एट्लेटिकोले २१ खेलमा ५१ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको बार्सिलोना भन्दा ८ अंकले अघि रहेको छ । सेल्टा २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply