play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दुर्लभ र कम मात्रै देखिने चरा नेपालमा भेटिए, रैथाने जातका नकटा हाँस भने लोप हुने अवस्थामा

0

माघ,२७।
दुर्लभ र कम मात्रै देखिने गरेका चरा नेपालमा भेटिएका छन् । यसअघि कमै मात्र देखिने गरेको र त्यो पनि एउटा मात्रै भेटिने गरेकामा अहिले भने दुई वटा भेटिएको चराविद्ले बताएका छन् । देशका विभिन्न ठाउँमा अहिले चरा गणना भइरहेको छ । यसै क्रममा दुर्लभ चरा भेटिएका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा कमै मात्र देखिने म्यान्डरिन डक्स नाम गरेको हाँस र बैकाल तिल हाँस भेटिएको हो । पोखराको फेवातालमा म्यान्डरिन डक्स र सुनसरीको बर्जु तालमा बैकाल तिल हाँस देखिएको हो । म्यान्डरिन डक्स यसअघि नेपालमा आक्कलझुक्कल एउटा मात्रै देखिने गरेकोमा यसपालि दुई वटा भेटिएको पनि चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो । यी दुई प्रजातिका हाँस नेपालमा पाँच पटकभन्दा कम देखिने चराको सूचीमा सूचीकृत छन् । म्यान्डरिन चीनबाट र बैकाल तिल हाँस साइबेरियाबाट नेपाल आएका चरा हुन् । फिरन्ते यी चरा चिसो छल्न त्यहाँबाट नेपाल आएका चराविद्ले बताएका छन् । यसैबीच नेपालको रैथाने जातको नकटा हाँस सङ्कटमा परेको छ । यसअघि मेचीदेखि महाकालीसम्मका जुनसुकै तालतलैयामा भेटिने गरेको यो हाँस अहिले सङ्कटमा परेको चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो ।

 

Share.

Leave A Reply