play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा भासिएको सडक मर्मत सुरु

0

माघ,२६।
नारायण–मुग्लिन सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएपछि मर्मतको काम सुरु गरिएको छ । सडकखण्डको तीन ठाउँ १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो । नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ । यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो । भित्ता काटेर सवारी सञ्चालन भइरहेको छ । भासिएको स्थानमा ८२ वटा पायल बनाएर प्रोटेक्सनको काम गर्न लागिएको नारायणगढ मुग्लिन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले जानकारी दिइन् ।

Share.

Leave A Reply