play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

प्रचण्ड–नेपाल समूह दोस्रो शक्ति प्रदर्शनको तयारीमा

0

माघ,२७।
नेकपाका दुई समूह शक्ति प्रदर्शनको होडमा उत्रिएका छन् । एक पक्षले प्रदर्शनमा उतारेको मानिसको संख्यालाई चुनौती दिँदै अर्को समूहले अझै धेरै मानिस उतार्ने लक्ष्यसहित प्रदर्शनमा उत्रिने गरेका छ्न । यही क्रममा नेकपाको प्रचण्ड नेपाल समूहले फेरि शक्ति प्रदर्शनको तयारी गरेको छ । यसअघि माघ ९ मा शक्ति प्रदर्शन गरेको यो समूहले फेरि माघ २८ मा दोस्रो पटक शक्ति प्रदर्शन गर्दैछ । माघ ९ मा प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरे लगत्तै ओली समूहले माघ २३ मा शक्ति प्रदर्शन गरेको थियो । त्यसपछि फेरि प्रचण्ड–नेपाल समूहले दोस्रोपटक शक्ति प्रदर्शनको तयारी थालेको थियो । केन्द्रीय संघर्ष समितिका सहसंयोजक सूर्य सुवेदी ‘पथिक’ले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी, प्रतिक्रान्तिकारी कदमविरुद्ध देशव्यापी रूपमा जनआक्रोश बढ्दै गएकाले २८ माघको प्रदर्शनमा अघिल्लो पटकभन्दा दोब्बर जनसहभागिता रहने दाबी गरे । उनले गैरसंवैधानिक र गैरकानुनी कदमका विषयमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा विचाराधीन मुद्दामा संविधानसम्मत र कानुनसम्मत निष्पक्ष फैसला आउने विश्वास रहे पनि जनताको पहल र जागरणलाई निरन्तरता दिन प्रतिगामी कदमविरुद्ध तेस्रो चरणको उत्कर्षका रूपमा बृहत् आमसभा गर्न लागिएकोसमेत जानकारी दिए ।

Share.

Leave A Reply