play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

बार्सिलोनाको जितमा मेस्सीको गोल

0

माघ,२६।
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३(२ गोल अन्तरले पराजित गरेको हो । बेटिसको मैदानमा एक गोलले पछि परेपनि पुनरागमन गर्दै बार्सिलोनाले जित निकालेको हो । खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १(१ गोलको बराबरीमा फर्काए । खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । यस्तै खेलको ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २(१ ले अघि रह्यो । खेलको ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २(२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३(२ को जित दिलाए । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ ।बेटिस ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply