play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चेल्सी शीर्ष पाँचमा

0

माघ,२६।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई २(१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा चेल्सीलाई जित दिलाउन मासन माउन्ट र जोर्गिन्होले एक एक गोल गरे । सेफिल्डले एक आत्मघाती गोलको उपहार पाएको थियो । खेलको ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गर्दा खेल १(१ को बराबरीमा पुग्यो । त्यसपछि खेलको ५८ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २(१ को जित दिलाए । जितसंगै चेल्सी लिगको पाँचौं स्थानमा उक्लिएको छ । चेल्सीले २३ खेलमा ३ अंक जोडेको छ । सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

Share.

Leave A Reply