play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनसँग युनाईटेडको बराबरी

0

माघ,२५।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एभर्टनसँग बराबरी खेल्दै अंक बाडेको छ । गएराति भएको खेलमा युनाईटेडले एभर्टनसँग ३(३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो । खेलको २४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै टोलीको अग्रता २(० को बनाए । दोस्रो हाफमा एभर्टन खेलमा फर्कियो ।खेलको ४९ औं मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनलाई २(१ को स्थितिमा ल्याए । खेलको ५२ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दा खेल २(२ गोलको बराबरीमा पुग्यो । खेलको ७० औं मिनेटमा स्कट म्याकटोमेनीले गोल गर्दा युनाईटेड ३(२ ले अघि रह्यो ।

Share.

Leave A Reply