play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने

0

माघ,२५।
संयुक्त राज्य अमेरिकाले कोभिड( १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान जारी छ । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई अमेरिकी रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेका थिए । अस्टिनले सो अनुरोध स्वीकार गरेको समाचारमा जनाइएको छ ।अब अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई खोप दिने घोषणा गरेका थिए । सो प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने छ ।यस प्रयोजनका लागि सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

Share.

Leave A Reply