स्टार क्रिकेट २०२१ को उपाधि टीम सुन्तली लाई, जितेको नगद रंगशालामा प्रदान

0

चितवन ,माघ २४ । राष्ट्रिय खेलाडी तथा कलाकारहरू बीचको मैत्रीपूर्ण म्याच ‘स्टार क्रिकेट २०२१’ को उपाधि टीम सुन्तली समूह ‘ए’ले जितेको छ। सुन्तली समूह ‘ए’ले टीम धुर्मुस समूह ‘ए’लाई दुई रनले पराजित गरेको हो। भरतपुर–१५ रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा विजयी टीम सुन्तली समूह ‘ए’ले नगद पाँच लाख रुपैयाँ हात पारेको छ। सुन्तली समूहले जितेको नगद पुरस्कार रंगशालालाई नै प्रदान गरिएको छ। फाइनल खेलमा सुरुमा ब्याटिङ गरेको सुन्तली समूह ‘ए’ले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ९६ रन बनाउन सफल भएको थियो। ९७ रनको लक्ष्य पछ्याएको धुर्मुस समूह ‘ए’ले १० ओभरमा ४ विकेटको क्षतिमा ९५ रन बनाएको हो । स्टार क्रिकेट २०२१ मा ४ वटा टीम सहभागी भएका थिए। आजै भएको पहिलो दुई खेलमा टीम धुर्मुस समूह ‘ए’ ले समूह ‘बी’लाई र टीम सुन्तली समूह ‘ए’ ले समूह ‘बी’लाई पराजित गरेको हो। विजयी दुई टीमबीच दोस्रो चरणमा फाइनल खेल भएको हो।

Share.

Leave A Reply