play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

कक्षा ११ को अन्तिम परिक्षा अब विद्यालय आँफैले गर्न पाउने

0

चितवन ,माघ २४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम परीक्षाको सम्पूर्ण अधिकार विद्यालयलाई नै दिएको छ । यससँगै कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने भएका छन्। बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए । अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।”

Share.

Leave A Reply