play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

पहिलो चरणको खोप खभियान सकियो,दोस्रो चरणमा सञ्चारकर्मीले पनि पाउने

0

चितवन ,माघ २४ । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । अब कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले दोस्रो चरणको खोप दिने वर्गमा फिल्डमा खटिने सञ्चारकर्मी र दूतावासका कर्मचारीलाई समेट्ने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको आजको सचिवस्तरीय बैठकबाट दूतावासमा कार्यरत कर्मचारी र विदेशी कर्मचारीको हकमा तिनका परिवारलाई समेत खोप दिने निर्णय भएको हो । पहिलो चरणको खोप अभियान शनिबार सकिएसँगै मन्त्रालयले प्राथमिकतामा परेका तर छुटेकाहरुका लागि दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको छ ।

Share.

Leave A Reply