play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

स्थापना दिवसको अवसरमा नव जनजागृति सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

0

भरतपुर, २४ माघ ।
नव जनजागृति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको कार्यलय भरतपुर १३,पृथ्वीनगरमा भएको रक्तदान कार्यक्रममा १५ महिला सहित ५३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष खिलराज रेग्मीले बताउनु भयो ।

पशुपालक किसानहरुले २०५४ सालमा व्यपार समूहको रुपमा स्थापना भएको यस सहकारी अहिले वडाकै एक मात्र सहकारी हो । त्यो समयमा ८४ जनाले मासिक ५० रुपैयाँ वचत बाट समूहको सुरु गरेका थिए । अहिले यस सहकारीमा झण्डै १२ सय सदस्यहरु छन् भने १२ कारोड पँुजी छ ।वचत संगंै सहकारीले अहिले व्यवसायीक , कृषी र बैदेशीक रोजकारीको लागी ऋण लगानी गर्दै आएको छ । भरतपुरकै ग्रामिण भेगमा सहकारीले भावि दिनमा डिजिटल बैकिंग कार्य समेत सुरु गर्ने अवधारणमा छ ।

नव जनजागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिलराज रेग्मी संग संस्थाको बारेमा गरीएको कुराकानी यहाँ सुन्न सक्नुहुन्छ ।

 

Share.

Leave A Reply