play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

दियालो आमा समुहको दोश्रो सधारण सभा तथा प्रथम अधिवेशन सप्पन्न

0

चितवन ,माघ २४ । भरतपुर महानगरपालिका वडा नं १ मा रहेको दियालो रोड टोलका महिला दिदिबहिनीहरूको समूह दियालो आमा समुहको प्रथम अधिवेशनबाट सावित्री ढकाल समुहको अध्यक्षमा चयन हुुनुभएको छ । समितिको शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले सर्वसम्मतबाट अध्यक्षमा ढकाल सहित निवर्तमान अध्यक्ष गीता श्रेष्ठ, उपाध्याक्ष इन्दिरा तमाङ घिमिरे, सचिव सरिता पिया, कोषाध्यक्ष्य शान्ति श्रेष्ठ, सह सचिव बिदुसि श्रेष्ठ तथा सदस्यहरूमा सुदा पिया, रूकमिणि समपकोटा घिमिरे , शृजना कर्माचार्य , मीरा गुप्ता, युरोज श्रेष्ठ सहितको ११ सदस्यीय कार्यसमितिलाई चयन गरेको हो ।

समितिका निर्वतमान अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा जिल्ला सम्वन्य समिति चितवनका उप प्रमुख मुना कुमारी श्रेष्ठ प्रमुखअतिथि रहनुभएको थियो। अधिवेशनमा भरतपुर वडा नं १ का वडा सदस्यहरू गंगाा पोख्रेल, राममाया पिया तथा उबा संघ चितवनकी सदस्य रजनि श्रेष्ठ मास्के तथा समुहका पुर्व प्रमुख सल्लाहकार रवि कुमार प्रधानले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिवेशनको बन्द सत्रमा समितिको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


अधिवेशनको सञ्चालन भने समितिकी निवर्तमान सचिव तथा नव निर्वाचित उपाध्यक्ष इन्दिरा तमाङ घिमिरेले गर्नुभएको थियो ।

Share.

Leave A Reply