play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

तेस्रो चरणको आन्दोलनमा कांग्रेस, आज ७७ जिल्लामा विरोध ¥याली

0

माघ,२४।
प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेस तेस्रो चरणको विरोध कार्यक्रम थालेको छ ।तेस्रो चरणको कार्यक्रमअन्तर्गत कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । आज कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा विरोध ¥याली र सभा गर्दैछन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेस आन्दोलित भएको छ । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । सरकारले दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गरेर सर्वसत्तावाद उन्मुख प्रवृत्ति देखाएकाले त्यसकाविरूद्ध संघर्ष जारी रहने पनि उनले बताएका छन् ।

 

Share.

Leave A Reply