play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

बायर्नलाई १० अंकको अग्रता

0

माघ,२४।
जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १(० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि १२ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए । हेर्थाविरुद्धको साँघुरो जितसंगै बायर्नले लिगमा १० अंकको अग्रता बनाएको छ । बायर्नले २० खेलमा ४८ अंक जोडेको छ । दोस्रो स्थानको आरबी लाइपजिगको ३८ अंक रहेको छ । हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply