माघ,२४।
इन्टर मिलान इटालियन सिरी ’ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई २(० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे ।खेलको ३१ औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २(० को जित दिलाए । जितसंगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ४७ अंक जोडेको छ । एसी मिलानलाई १ अंकले पछि पार्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको मिलानको ४६ अंक रहेको छ । फियोरेन्टिना २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
इन्टर शीर्ष स्थानमा
0
Share.