play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

चितवनमा भेटिए ५६ जना कुष्ठरोग बिरामी,रोग नलुकाउन स्वास्थ्य कार्यालयको आग्रह

0

नविन कोइराला 

चितवन,माघ २३ ।
चालु आर्थिक वर्ष २०७७÷२०७८ मा चितवनमा ५६ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । मानिसको छाला र स्नायुमा लाग्ने कम सरुवा र दिर्घरोग मानिने यो रोग उपचारका माध्यामबाट निको पार्न सकिन्छ । आँखाले देख्न नसकिने माइकोव्याम्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुका कारण यो रोग लाग्ने गर्दछ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले चितवन जिल्लालाइ यो रोग वाट निवारण गर्न लागीएको जानकारी दिनुभएको छ । ʽप्रति दस हजार जना मध्य एक जना भन्दा कम व्यक्तिमा सो संक्रमण भएको खण्डमा निवारण भएको घोषणा गरिन्छʼ,उहाँले भन्नुभयो,ʽअहिले ११६ जना औषधिको प्रयोग गर्ने बिरामी जिल्लामा रहेका छन् , यो लगातार ३ वर्ष सम्म मापन गर्ने गरिन्छʼ। तिवारीले चालु आर्थिक वर्षको साउन यता चितवनमा ५६ जना कुष्ठरोगको नयाँ संक्रमित भेटिएको जानकारी दिनुभयो । यो संख्या आर्थिक वर्ष २०७५÷२०७६ मा प्रति १० हजारमा ०.९५ प्रतिशत , २०७४÷२०७५ मा १.२१ प्रतिशत रहेको बताउनुभयो । नेपाल सरकारले यो रोगको निशुल्क उपचार गर्दै आएको छ । रोग नलुकाउन स्वास्थ्यकार्यालयले अग्रह पनि गरेको छ ।

दिपक प्रसाद तिवारी,स्वास्थ्य कार्यालय चितवन प्रमुख

 दिपक प्रसाद तिवारी,स्वास्थ्य कार्यालय चितवन प्रमुख

नेपाल पत्रकार महासघं चितवन शाखाको सभाहलमा ʽद लेप्रसि मिसन नेपालʼले आयोजना गरेको ६८ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आायोजना गरिएको कुष्टरोग तथा हात्तिपाईले अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

सुशीला श्रीस,जिल्ला संयोजक ʽद लेप्रसि मिसन नेपालʼ

  सुशीला श्रीस,जिल्ला संयोजक ʽद लेप्रसि मिसन नेपालʼ

चालु आर्थिक वर्षमा चितवनको भरतपुर महागरपालीकाको नारायाणी नदि किनारमा बसोबास गर्ने मानिसहरुमा यो रोगको संक्रमण बढि देखीएको छ भने ईच्छाकामना गाउँपालीकामा संक्रमतिको संख्या शुन्य रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा भरतपुर महानगरपालीकामा २९,रत्ननगर नगरपालीकामा १०,कालिका नगरपालीकामा १ , ईच्छाकामना गाउँपालीकामा १ , खैरहनि नगरपालीकामा ९ यसैगरी राप्ती र माडि नगरपालकिामा पाँच पाँच जना रहेका छन् ।

यो रोग विशेष गरि २–५ वर्ष उमेर समुहका बालबालीकामा लाग्ने गर्दछ भने ३० वर्ष माथिका मानिसहरुमा पनि देखीने सम्भावा रहन्छ । विभिन्न अध्ययन बाट बच्चाहरुमा लगाईने ईसीजी खोप ले पनि यो रोग विरुद्ध रोग प्रतिरोधात्म क्षमता प्रदान गर्ने गरेको जानकारी दिइएको छ । यो मानिसमा मात्र लाग्ने रोग हो एक डोज औषधि खानाले ९९.९७ प्रतिशत व्याक्टेरिया निष्क्रिय हुने भएकाले औषधिप्रयोग गर्ने वा प्रयोग गरेको मानिसबाट यो रोग अन्य व्यक्तिमा सर्दैन । यो रोगको कारक किटाणु सन् १८७३ मा नर्वेका वैज्ञानिक डा.जी.ए हेन्सनले पत्ता लगाएका थिए ।

शरिको कुनै भागमा छुँदा थाहा नपाउने ,रातो,फुस्रो दाग देखीने ,हात खुट्टा झम–झम गर्ने , बाहिरी भागका स्नायु सुन्निने ,छाला चम्किलो र बाक्लो हुनु यो रोगका लक्षणहरु हुन् । यो रोगकको संक्रमणले मानिसको आँखा तथा विभिन्न भागमा असर पु¥याउने र अङ्गभङ्ग नै हुने सम्भावना रहन्छ ।

ʽद लेप्रसि मिसन नेपालʼले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारी अध्यक्ष रहनुभयको थियो । संस्थाकी जिल्ला संयोजक सुशीला श्रीसले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवनका पत्रकारहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply