play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

बिल्बाओ कोपा डेल रेको सेमिफाइनलमा

0

माघ २३,
एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४(१ ले पराजित गर्दै बिल्बाओ अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित समय १(१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बिल्बाओका राहुल ग्रासिया,इनाकी विलियम्स,जोन मोर्सिलो र युरी बेर्चिचीले गोल गरे । बेटिसका आइस माण्डीले गोल गरे । सर्जियो कानालेस र जानमीले गोल गर्न सकेनन् ।पेनाल्टी अघि जानमीले ८४ औं मिनेटमा गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा ग्रासियाले गोल गर्दै बिल्बाओलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।

Share.

Leave A Reply