play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

चेल्सीले टोटेनहमलाई हरायो

0

माघ,२३।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।बिहीबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई १(० गोल अन्तरले पराजित गरेको हो ।चेल्सीले टोटेनहमलाई उसैको मैदानमा हराएको हो ।चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे ।खेलको २४ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट गोल गरेका हुन् ।एरिक डायरले पेनाल्टी क्षेत्रमा टिमो वार्नरलाई लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।जसमा जोर्गिन्होले सहजै गोल गरे ।जितसंगै चेल्सी लिगको छैटौं स्थानमा उक्लिएको छ । चेल्सीले २२ खेलमा ३६ अंक जोडेको छ । टोटेनहम २२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply