play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

आहाराको खोजीमा भारततर्फ जान थाले चितवन राष्ट्रिय निकुञ्जका गैँडा

0

माघ,२३।
चितवन राष्ट्रिय निकुञ्जबाट आहारा र बासस्थानको खोजीमा दुर्लभ एक सिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रीत भएका गैँडा बिस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालकाअनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेका छन् । बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताउनुभयो । उहाँकाअनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् । यसैगरी यहाँका गैँडा भारततर्फ जाने खतरा बढेको उहाँको भनाइ छ । निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थान राम्रो हुन नसक्दा गैँडा पश्चिम क्षेत्रमा केन्द्रीत हुँदै गएका हुन् । अब गैँडा पूर्व ल्याउनैपर्ने बराल भनाई ।

Share.

Leave A Reply