play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

नेकपा ओली पक्षको जनसभाको तयारी पुरा,पाँच ठाउँमा डिजिटल स्क्रिन

0

माघ,२३।
विभाजित नेकपाको ओली पक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने आमसभा दरबारमार्गमा १२ बजेदेखि सुरु हुनेछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जनाले सम्वोधन गर्ने आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा ‘हाइटेक’म मन्च तयार पारिएको छ । नारायणहिटी संग्रहालयको गेटमा बनाइएको हाइटेक मन्चबाट दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्ने गरी ‘टी’ आकारको बनाइएको छ । प्रधानमन्त्रीलगायत मन्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ ।

Share.

Leave A Reply