play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कम्युनिस्टको बर्को ओढेर बस्नेले कम्युनिस्ट आन्दोलनलाई बदनाम गराए:प्रधानमन्त्री ओली

0

चितवन,माघ २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप लगाएका छन् । उनले नाम नलिइकन पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कम्युनिस्टको बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराएको बताएका छन् । बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्टको खोल ओढेकै व्यक्तिले बदनाम गराएको बताएका हुन् । त्यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दुःख पाए भनेर हेर्न हिँडेको पनि बताए । त्यस्तै माधवकुमार नेपाल भने आफैले गराएको बन्दमा गाडी लिएर के जानु भनेर मोटरसाइकलमा घुमेको बताएका छन् । बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटारबाट गाडी लिएर बन्दको निरीक्षण गर्न निस्किएका थिए । प्रधानमन्त्री ओलीले दाहाललाई कानुनको पालना गर्न पनि आग्रह गरेका छन्

Share.

Leave A Reply