play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु

0

चितवन,माघ २२ । पेट्रोलियम बेचेर समृद्धि हासिल गरेको खाडी मुलुकझै नेपाललाई उभ्याउने सपनासहित काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन थालेको छ ।

नेपाल आयल निगमको सहकार्यमा यो अध्ययन सुरु गरेको केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा. बिराट सिंह थापाले जानकारी दिनुभयो । उहाँले अबको एक दशकभित्रै हाइड्रोजन निर्यात गर्ने र पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौं रुपैयाँ जोगाउने सपनाका साथ अनुसन्धान थालेको बाताउनुहुन्छ ।

उहाँका अनुसार छिमेकी मुलुक चीनसहितका देशमा हाइड्रोजन इन्धन अनिवार्य बन्दैछ । ‘नेपालमा खेर जाने बिजुलीबाट प्रशस्त हाइड्रोजन उत्पादन गरेर इन्धनको सबै माग पूरा गर्न सकिने सम्भावना रहेको र विश्व बजारमा उच्च माग रहेको क्लिन इनर्जी बेचेर नेपालले समृद्धि हासिल गर्न सक्ने आफुहरुले देखेको उहाँको भनाई छ ।

के हो हाइड्रोजन इन्धन ?

बिजुली प्रयोगबाट पानीलाई टुक्राएर उत्पादन हुने स्वच्छ ऊर्जा (हाइड्रोजन) हो । यो ऊर्जा प्रयोग गर्दा धुवाँ निस्किँदैन । विकसित मुलुकहरूले वातावरण स्वच्छ राख्न यस्तो इन्धन प्रयोगलाई प्राथमिकतामा राखेका छन् । डिजेल, पेट्रोल, ग्यासको विकल्पमा हाइड्रोजन इन्धन प्रयोग गर्न सकिने डा.थापा बताउनुहुन्छ ।

उहाँका अनुसार स्वास्थ्य संस्थाका ल्याब र केही उद्योगले अहिले पनि हाइड्रोजन इन्धन आयात गरेर प्रयोग गरिरहेका छन् । कच्चा फलामलाई गुणस्तरीय बनाउन, रासायनिक मल कारखाना खोल्न, वनस्पति घिउ उद्योगमा प्रयोग गर्न, गाडी, पानी जहाजजस्ता सवारीसाधन चलाउन हाइड्रोजन प्रयोग गर्न सकिन्छ ।

 

 

Share.

Leave A Reply