चितवनमा हड्ताल प्रभाव, बन्दकर्ता भन्छन् :बन्द अहिलेको आवश्यकता हो

0

चितवन,माघ २२ ।नेकपा प्रचण्ड नेपाल समूहले आजका लागि आह्वान गरेको बन्दको प्रभाव चितवनमा पनि परेको छ । जिल्लामा बिहानैबाट सवारी साधन बन्द रहेका छन् भने बजार पनि बन्द छ ।

बन्दकर्ताहरु नारायणगढको पुलचोकमा जम्मा भएर बन्द सफल पार्न आह्वान गरेका छन् । उनिहरुले अत्यावश्यक सवारी साधनबाहेकमा अन्य सवारी साधन चल्न दिएका छैनन् । पुलचोकमा मालबाहक सवारी साधनहरु बन्दकर्ताहरुले रोकेका छन् ।
प्रचण्ड नेपाल समूह चितवनमा अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ बन्द अहिलेको आवश्यकता भयकोृ बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीले चालेका कदमविरुद्ध सडकमा आउनुको बिकल्प नभएको बताउनुभयो ।
जनताले केही समास्या भोग्नु परे पनि यो अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ । जिल्लामा कुनै पनि अप्रिय घटना नभएको र हुन पनि नदिने उहाले बताउनुभयो यद्यपी बन्दकर्ताले केहि सवारीसाधनमा भने तोड फोड गरेका छन् ।

 

Share.

Leave A Reply