play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनमा बन्दको अवज्ञा गरेको भन्दै ५ वटा ट्रकमा तोडफोड

0

चितवन,माघ २२ ।
चितवनमा ५ ट्रकमा तोडफोड गरेका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहडतालको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले ५ ट्रकमा तोडफोड गरेका हुन् । बन्दकर्ताले तोडफोड गरेका ५ मध्य काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई, वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा र टाँडीबाट नारायणगढतर्फ जादै गरेको ट्रक तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले बताउनुभयो । अर्को एउटा ट्रकको भने विवरण आउन बाँकी ।हेको उहाँले जनाकारी दिनुभएको छ ।

बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोड गरिएको ट्रकमा भने सामान्य क्षती भएको बताइएको छ । तोडफोड गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने प्रयास भईरहेको डिएसपी थापाले जानकारी दिनभयो ।

Share.

Leave A Reply