play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

भारतीय गोलभेँडा ल्याउनेलाई रोकेको भन्दै चितवनका किसान प्रहरी नियन्त्रणमा, चितवनका किसानको विरोध

0

भरतपुर , २१ माघ

भरतपुर–२४, धम्पुसेका किसान दिपकबहादुर गुरुङलाई प्रहरीले फेरी नियन्त्रणमा लिएको छ । जिल्ला ताजा तरकारी तथा फलफुल उत्पादक संघ, भरतपुर फलफुल तथा तरकारी थोक बजार व्यवस्थापन समिति र व्यवसायी संघ विचको सम्झदारी पछि गत शुक्रवार प्रहरीको नियन्त्रणमा रहेका गुरुङलाई चितवन प्रहरीले छाडेको थियो । तर पुन गुरुङलाई गैडाकोट प्रहरीले नियन्त्रमा लिएको छ । नेपाल संघर्ष समिति चितवनका अध्यक्ष लेखनाथ भुषालले किसानलाई अनावश्यक रुपमा दुख दिने काम गरेको भन्दै यसको विरोध गरेका छन ।
विषादी युक्त भारतीय तरकारी तथा फलफुलको विरोधमा चितवनका किसानले आन्दोलन गरेपछि भरतपुर तरकारी तथा फलफुल बजारमा भारतीय तरकारी तथा फलफुल यहाँ उत्पादन हुदाको समयमा पुग्ने भए नल्याउने तथा त्यस्तो समयमा नेपाल भित्रीएको जानकारी भएमा प्रशासनलाई बुझाउने सहमती भएको थियो । सहमती संगै आफ्नो दैनिकिमा फर्कीएका गुरुङ सहित अन्य किसानलाई प्रहरीले दुख दिने काम गरेको भुषालको भनाईछ ।

चितवनका किसानहरूले केही दिन अघि सम्म भारतबाट भित्रिने तरकारी गाडी अवरोध गर्ने कार्य गरेका थिए । आफ्नो बारीको तरकारी कुहिने अवस्था भएपछि उनीहरुले रातको समयमा पूर्व–पश्चिम राजमार्ग र काठमाडौं प्रवेश नाकामा बसेर भारतीय गाडीलाई अवरोध गर्दै आएका थिए । खासगरी रातिको समयमा भारतबाट तरकारीका गाडी नेपाल भित्रिने गरेका छन् ।
सहमती संगै काममा फर्कीएका किसानलाई बारी बाट पुन सडकमा आउने गरी बाध्य नपार्न प्रहरी प्रशासनलाई उनले अनुरोध गरेका छन् । यदी जर्बरजस्ती किसानलाई दुख दिने काम भए यसको विरोध स्वरुप सडकमा निस्कने समेत बताए । भारतीय उत्पादन रोक्न हामी सबै किसान लागेका छौं तर कुनै एक व्यक्तिलाई मात्र प्रहरीले नियन्त्रमा लिनु दुखद्  हो – उनले भने ।

गरुङलाई भारतबाट भित्रिएका गोलभेँडा फाल्न सक्रिय रहेको भन्दै बुधबार विहान गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको हो । उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । उनीमाथि एक भारतीय गाडी नियन्त्रणमा लिएर गोलभेडा नष्ट गरेको आरोप प्रहरीको छ । दिपक गुरुङ पाँचवर्षे इजरायलको बसाइ त्यागेर गुरुङले आफ्नै ठाउँमा व्यावसायिक तरकारी खेती सुरु गरेका किसान हुन ।

यो पनि हेर्नुस् –

सरकार ! बारिमा जाउँ कि ? खाडीमा जाउँ भन्दै चितवनमा किसानको आन्दोलन (फोटो फिचर)

Share.

Leave A Reply