play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

प्रदेश लोकसेवा आयोगः९० हजार जनाले परीक्षा दिदै, कर्मचारी अभावका कारण व्यवस्थापन गर्न कठिनाइ

0

माघ,२१।
वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले चौथो तह र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजार जनाले परीक्षा दिदै छन् । वाग्मती प्रदेशका १३ जिल्ला र अरु प्रदेशबाट समेत परीक्षार्थीले परीक्षा दिनका लागि आवेदन दिएका छन् । प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौथो तहमा मात्र समावेसी सहित ६२ हजार जनाले आवेदन दिएका थिए । त्यसमध्येमा ४० हजार जनाले परीक्षा दिदैछन् । यस्तै पाँचौ तहमा पनि ५० हजार जनाले परीक्षा दिदैछन् । चौथो तहको केहीको परीक्षा सकिएको छ भने केहीको परीक्षा हुँदै छ । चौथो तहको परीक्षामा प्रवेशपत्र लिनका लागि हेटौंडाको प्रदेश लोकसेवा कार्यालयमा एक हप्तादेखि निकै भिड लागेको छ । चौथो तहको परीक्षामा अनलाइन सिस्टम नहुँदा प्रवेशपत्र लिन लोकसेवा आयोगको कार्यालयमै आउनुपर्दा धेरैले समस्या बेहोर्नु परेको छ । हेटौंडामा कोठा नपाउने, पाइहाले पनि होटलवालाले महँगोमा दिनेलगाएतका कारणबाट विद्यार्थीले समस्या बेहोर्नु परेको छ ।
कर्मचारी अभावका कारण व्यवस्थापन गर्न कठिनाइ
कर्मचारी अभावका कारण काम गर्न निकै कठिनाइ भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले बताउनुभयो । प्रदेश लोकसेवा आयोगको हेटौंडामा रहेको कार्यालयमा ४९ जना कर्मचारीको दरबन्दीमा १२ जना मात्र कार्यरत छन् । प्रदेश सरकारसँग कर्मचारी माग गर्दा पनि सुनुवाइ नभएको आयोगका पदाधिकारीहरु बताउँछन् ।

Share.

Leave A Reply