play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

उल्भ्ससँग आर्सनलको हार

0

माघ,२१।
इंग्लिस प्रिमियर लिग फुटबलमा अर्सल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल उल्भ्ससँग २(१ गोल अन्तरले पराजित भएको हो । उल्भ्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो । खेलको ३२ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २(० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा आर्सनल १० खेलाडीमा समेटियो ।डिफेन्डर डेभिड लुइजले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।उनले विपक्षी खेलाडीलाई आफ्नो पेनाल्टी क्षेत्रमा फउल गरेका थिए । जसमा उल्भ्सले पेनाल्टीको अवसर समेत पायो ।उक्त पेनाल्टीमा रुबेन नेभेसले सहजी गोल गरे । त्यसपछि खेलको ४९ औं मिनेटमा जोआ माउटिन्होले गोल गर्दै उल्भ्सलाई २(१ को जित दिलाए । यस्तै खेलको ७२ औं मिनेटमा बेर्नाड लिनोले रातो कार्ड पाएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो । जितसंगै उल्भ्सले २२ खेलमा २६ अंक जोडेको छ । उल्भ्स १४ औं स्थानमा रहेको छ ।आर्सनल ३१ अंक जोडेर दशौँ स्थानमा रहको छ ।अर्को खेलमा सेफिल्ड युनाईटेडले वेस्ट ब्रुमलाई २(१ ले हराएको छ । क्रिस्टल प्यालेसले न्युकासल युनाईटेडलाई पनि २(१ ले नै हराएको छ ।

Share.

Leave A Reply