play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनबिरुद्ध युनाईटेडको फराकिलो जित

0

माघ,२१।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई ९(० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाईटेडले फराकिलो जित निकालेको हो । ओल्ड ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।खेलको १८ औं मिनेटमा आरोन वान वासिकाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।खेलको २५ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडको अग्रता २(० को बनाए । ३४ औं मिनेटमा जान बेडनाराकले आत्मघाती गोल गर्दा युनाईटेड अग्रता तेब्बर बन्यो । खेलको ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दा युनाईटेडले पहिलो हाफमा ४(० को अग्रता बनायो । दोस्रो हाफमा युनाईटेडले थप पाँच गोल गर्यो । खेलको ६९ औं मिनेटमा एन्थोनी मार्सियलले ग्ल गर्दै टोलीको अग्रता ५(० को बनाए ।७१ औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाईटेडलाई ६(० को अग्रता दिलाए ।खेलको ८६ औं मिनेटमा जानले रातो कार्ड पाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटियो ।खेलको ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ७(० को बनाए ।

Share.

Leave A Reply