play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ४३ लाख, २२ लाख ६२ हजार बढीको मृत्यु

0

माघ,२१।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् । संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ । अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ । विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

Share.

Leave A Reply