play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

उद्योग वाणिज्य संघ खैरहनीमा लोकतान्त्रिक प्यानलका श्रेष्ठ विजयी

0

चितवन,माघ २० ।
उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा हिरा श्रेष्ठ बिजयी भएका छन् । आज बिहान आएको अन्तिम मतपरिणाममा आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले ७९९ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी शेषकुमारी ओलि सडौलाले ४७६ मत ल्याएकी छन् । त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन् । वाणिज्यतर्फ बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला,क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् । उद्योगतर्फ जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।

Share.

Leave A Reply