play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

अहिलेको परिस्थितीले सरकारलाई कोमामा पुर्याउँछ:जनार्दन शर्मा

0

चितवन,माघ २० । पूर्वगृह तथा उर्जामन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको परिस्थितीले सरकारलाई कोमा पुर्याउने बताएका छन । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन केन्द्रीय कार्य समितिको स्थापना दिवस तथा तेस्रो वार्षिक साधरण सभामा बोल्दै पूर्व शर्माले देशमा एम्बुलेन्स चालकको समस्या भन्दा राष्ट्रचालकको समस्या विकराल भएको टिप्पणी गरे ।

‘अहिलेको सरकार एम्बुलेन्स चढेर कोमामा जांँदैछ उनले भने ।’संसद पुर्नबहाली गर्न सम्पूर्ण नागरिक एकजुट हुन आग्रह गर्दै यो संर्घषमा एम्बुलेन्स चालकको ऐक्यवद्धता अपरिहार्य भएको बताए । सत्ताप्राप्ति पदको दुरुपयोग र भ्रष्टाचार गर्ने प्रवृत्ति सधै नरहने भन्दै हरेर दिन , हरेक मानिसको मृत्यु हुने भएकाले सरकार पनि कोमामा जान लागेको उनको भनाई थियो । संसद पुर्नबहाली गर्न सम्पूर्ण नागरिक एकजुट हुन आग्रह गर्दै यो संर्घषमा एम्बुलेन्स चालकको एक्यवद्धता अपरिहार्य भएको बताए । नागरिकको जीवनरक्षाको लागि एम्बुलेन्स चालकको भूमिका प्रमुख हुनेभन्दै उनले चालकलाई बिरामीको सुरक्षालाई प्रमुख रुपमा लिन उनले आग्रह गरे ।

सरकारले एम्बुलेन्स चालक तथा मजदुरलाई तलब उपलब्ध गराउनुपर्ने विरामीको लागि निशुल्क एम्बुलेन्स सेवा दिनुपर्ने बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्धक डा। प्रमोद लामिछाने, बरिष्ठ बालरोग विशेषज्ञ डा । बालकृष्ण कालाखेती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामिछानेको सभापतित्वमा भएको हो ।

Share.

Leave A Reply