play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० स्वास्थ्य संस्था खारेज

0

माघ,२०।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्था खारेज गरेको छ । नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै श्रममन्त्री गौरीशंकर चौधरीले माघ १३ गते ती संस्थालाई खारेज गरेका हुन् । खारेज हुनेमा सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, मेट्रो काठमाडौं अस्पताल, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर छन् । श्रम मन्त्रालयको नियमानुसार पुस मसान्तसम्म र थप गरिएको १५ दिनभित्र नवीकरण गर्न नआएकाले खारेज गरिएको हो ।

Share.

Leave A Reply